Ads 468x60px

Labels

Download

Entertainment

नेपाली युवती फिलिपिन्स सुन्दरी 

फिलिपिन्सको एक बिश्वबिद्यालयमा एमबीबीएस पढ्न गएकी नेपाली युवतीले त्यहाँको सुन्दरी प्रतियोगिता जितेकी छिन् । भक्तपुरकी रुची भुजु त्यहाँको साउथ वेष्टर्न बिश्बिद्यालयमा एमबीबीएस पहिलो बर्ष अध्ययन गर्दैछिन् ।












पाकिस्तानी मोडलको तमाशा





 

 

जोशमा ल्याएर प्यास मेटाउँछिन् सुमिना

एक स्टारको संघर्ष र उसको सफलताको कथावस्तुमा आधारित रहेर तयार पारिएको चलचित्र ‘स्टार’को ‘मनिषा’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रमा मनिषा नामको पात्रको भुमिकामा नायिका सुमिना घिमिरे देखिएकी छिन् । सुमिनाले यो प्रमोशनल गीतमा उत्तेजक नृत्य गरेको देख्न सकिन्छ ।




 

'बर्फी !’ ओस्कार अवार्डको दौडबाट बाहिरियो

लिउडी फिल्म ‘बर्फी !’ ओस्कार अवार्डको दौडबाट बाहिरिएको छ । निर्देशक अनुराग बासुको फिल्म वेष्ट फरेन फिल्मको क्याटगोरीमा स्थान बनाउन असफल भयो । ‘बर्फी !’ अन्तिम पाँचका लागि सार्वजनिक गरिएको ९ फिल्मको सूचीमा पर्न सकेन । फिल्ममा रणवीर कपुर, पि्रयंका चोपडा, इलियाना डीक्रूजको मूख्य भूमिका छ । बक्स अफिसमा यसले जबरजस्त सफलता पाएको थियो । यद्यपी यसमा हलिउडको हुवहु कपी गरेको आरोप पनि लागेको थियो ।




 

अमेरिकी सुन्दरी ओलिभिया मिस युनिभर्स

अमेरिकामा भएको मिस युनिभर्स सौन्दर्य प्रतियोगिता अमेरिकी सुन्दरी ओलिभिया कुल्पोले जितेकी छिन्फिलिपिन्सकी सुन्दरी ज्यान्नी टुगोनोन फर्स्ट रनर अप र भेनेजुएलाकी सुन्दरी इरिन सोफिया एस्सेर क्विन्टेरो सेकेन्ड रनर अप भइन्। चौथो स्थान अस्ट्रेलियाकी सुन्दरीले जितिन् भने ब्राजिली सुन्दरी पाँचौँ भइन्



 

इण्डो क्यानेडियन पोर्न स्टार सनी लियोन आफ्नो वेवसाइटमा 

इण्डो क्यानेडियन पोर्न स्टार सनी लियोनले 'जिस्म-२' पछि फेरी आफ्नै वेवसाईट मार्फत सार्वजनिक भएकीछन् । सनीले आफ्नो वेवसाइटमा भर्खरै मात्र सुट गरिएको हट फोटो सार्वजनिक गरेको समेत ट्विटरमा जनाएकीछन् । साथै उनले आफ्नो नयाँ वेवसाईटको लिङ्क समेत सार्वजनिक गरेकी छन् ।






अनुपम खेर एशियाका उत्कृष्ट पाँच अभिनेताको सूचिमा


भारतीय अभिनेता अनुपम खेरलाइ प्रसिद्ध अन्तर्राष्ट्रिय पत्रिकाले एशियाका पाँच सर्वश्रेष्ठ अभिनेताको सूचिमा सामेल गरेकोछ । 'हलीवुड रिपोर्टर' पत्रिकाले अनुपम खेरलाइ चीनका वी विङ विग, दक्षिण कोरियाका ली बेयूङ हुन ।
थाइल्याण्डका इको उवैस र हङकङका आरोन क्वाक सँगै एशियाका उत्कृष्ट अभिनेताको सूचिमा राखेको हो । १९८२ मा हिन्दी फिल्म 'आगमन'बाट क्यारियर शुरु गरेका खेरले आफू एशियाकोउत्कृष्ट कलाकारको सूचिमा पर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

स्वास्थ बच्चाका लागि उपयुक्त सेक्स आसन टिप्स...


छिमेकीमुलक भारतको वारणासीस्थित काशी हिन्दू विश्व विद्यालयले नवविवाहित जोडी र गर्भवती महिलाका लागि स्वास्थ्य टिप्स दिने भएको छ । एशियाकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयका आयुर्वेद विशेषज्ञले स्वस्थ्य शिशु जन्माउन कस्तो तरिका अपनाउने, कस्तो आशनले सहवास गर्ने जस्ता सल्लाह चाँडै दिन लागेको हो ।
विश्वविद्यालयले गर्भावस्थालाई ध्यानमा राखि ५ अक्टोबरबाट निशुल्क कक्षा सुरु गर्न लागेको हो । सुरक्षित मातृत्वको अवधारणामा आधारित उक्त विश्वविद्यालयमा गर्भवती महिलाले निशुल्क ज्ञान लिन सक्नेछन् । अडियो भिडियोका माध्यमबाट उक्त कक्षामा स्वस्थ्य सहवासको ज्ञान दिइनेछ । विशेषज्ञहरु नवविवाहित जोडीलाई सुखद सेक्स जीवनको बारेमा परामर्श दिन तयार रहेका जनाइएको छ ।

नायिका विपना थापा कालोसूचिमा

'गाडी किन्दा लिएको ऋणले पुर्‍यायो ऋण असुली न्यायाधीकरणमा'


नेपाली चलचित्र क्षेत्रमा चर्चामा पुग्न सफल नायिका मध्ये विपना थापा पनि एक हुन् । केहि वर्ष अघिसम्म नेपाली चलचित्रमा लामो समय विताएकी एक सफल र चर्चित नायिका हुन् विपना ।तर यिनै नायिका विरुद्व हालै ऋण असुली न्यायाधीकरणमा मुद्दा दर्ता भएको छ ।
काठमाडौं स्थित नेसनल फाइनान्सबाट विपनाले हायर पर्चेज कर्जा लिए पनि कर्जाबापत सम्पुर्ण ऋण चुक्त नगरेपछि फाइनान्सले उनि विरुद्व न्यायाधीकरणमा मुद्दा दर्ता गरेको हो । विवाह पछि फिल्म क्षेत्रबाट टाढिएकी विपनाले फाइनान्सबाट कर्जा लिएको पनि विर्सिइछन् क्यारे ।' फाइनान्सका एक पदाधिकारिले भने, 'कर्जा लिएपछि लामो समयसम्म सम्पर्क बाहिर रहेको र कर्जा तिर्न आउनको लागि विभिन्न माध्यमद्वारा पटक-पटक सम्पर्क गरे पनि थापाले कर्जा तिर्ने विषयमा कुनै चासो नदेखाएपछि बाध्य भएर मुद्दा दर्ता गरिएको हो ।'

सनी लियोनी सर्वाधिक खोजिएकी सेलीब्रेटी




सर्च इन्जीन गुगलमा भारतबाट सन् २०१२ मा सबैभन्दा बढी खोजिएकी सेलीब्रेटीमा र्पोन फिल्मबाट हलीउडमा छिरेकी नायिका सनी लियोनी परेकी छन् ।
क्याकेफी ले गरेको एक सर्वेक्षणमा सनी लियोनी सबैभन्दा खतरनाक सेलीब्रेटीको रुपमा दरिएकी छन् । म्याकेफीले गरेको उध्यनमा सनीलाई जती कसैलाई पनि नखोजिएको पाईएको हो ।
क्याफेकी नामक संस्थाले व्यक्ति, स्थान, फिल्म, समाचार र पर्यटन क्षेत्रका बिषयमा अध्ययन गरेको थियो । सनी लियोनी पछि राजेश खन्ना दास्रो सबैभन्दा बढि खोजिएको व्यक्तिको रुपमा रहेका थिए ।
फोटाकै कारण चर्चामा आउने भारतीय मोडल पुनम पाण्डेले पनि आफुँलाई धेरै खोजिने व्यक्तिको सूचीमा अग्र स्थानमै पार्न सफल भएकी छन् । उनी सबैभन्दा बढी खोजिने व्यक्तिको तीन नम्बरमा परेकी छन् ।

सकियो नेपालमा हलिउड फिल्मको छायांकन

राजवल्लभ कोइरालाले मुख्य नायकको भुमिकामा काम गरेको हलिउड फिल्म हाईवे टु धम्पुस युनिट अहिले अमेरिका फर्किसकेको छ । पोखराका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको यो चलचित्रको युनिटका साथमा नायक कोइराला पनि अमेरिका पुगेका छन् ।
एक हलिउड फिल्मको छायांकन सकिएलगतै अर्को हलिउड सिनेमाको छायांकन भर्खरै मात्र नेपालमा गरिएको छ । । अमेरिकन उपन्यासकार जोसेफ वङद्धारा लिखित उपन्यास सोल्डलाई मुख्य आधार बनाएर तयार पारिएको हलिउड सिनेमामा मह जोडी मुख्य भुमिकामा देखिँदैछन् । सिनेमाको नाम सुरुवातमा सोलड राखिएता पनि अन्तिम समयमा फ्लाइट राखिएका हो । चलचित्रको पोखरा र कास्कीको हेम्जा गाविसमा छायांकन गरिएको छ । सिनेमाको छायांकन सकेर निर्माण युनिट अमेरिका फर्किसकेको छ । कलकत्तामा केही दिन छायांकन गरी निर्माण युनिट ४० जनाको टोली लिएर नेपाल आएको थियो । चलचित्रमा नेपालका  ४० जना प्राविधिक तथा कलाकारहरुको सहभागीता छ । चलचित्रको प्रोडक्शन म्यानेजर अरुण रेग्मी रहेका छन् भने प्रोडक्शन कोडिनेटर अनन्त तिमिल्सिनाले गरेका हुन् । सिनेमाको निर्देशन अमेरिकी निर्देशक जेफ्री ब्राउनले गरेका हुन् । यो सिनेमामा महजोडीको अतिथि भूमिका रहेको छ ।
एउटा नेपाली चेली कसरी मुम्बईको कोठीमा बेचिन्छ भन्ने कथालाई सिनेमाले उठान गर्न खोजेको छ । सिनेमाको निर्माणमा माइती नेपालले पहल गरेको बताइएको छ । चलचित्रमा मह जोडीका अलवा निहार, ज्यापार लगायतको अभिनय छ । अतिथि भूमिका भए पनि अंग्रेजीमा संवाद बोल्दा रमाइलो लागेको महजोडीको भनाइ छ ।

विदेश गएका पुरुषका श्रीमतीको ‘रोमान्स’

सिनेमाको पर्दामा पछिल्लो समय श्रीमान् बिदेशीएका महिलाहरुको चाहना र समस्यामा आधारित कथावस्तुहरु हाबी हुदै गएका छन् । यसैक्रममा यसअघि ‘द लाष्ट किस’ र ‘लभ यु म्यान’ निर्देशन गरेका वीपी फुयाँलले ‘रोमान्स’ नामक चलचित्रको निर्देशन गरेका छन् । चलचित्रले श्रीमान् विदेशीएका महिलाले भोग्नुपर्ने समस्या र त्यसबाट बढेको विकृतीलाई मुख्य कथावस्तु बनाइएको छ । चलचित्रको हाल धमाधम सम्पादन कार्य भइरहेको छ ।
चलचित्रमा विशाल पोखरेल, स्मिता थपलिया, सुरेश चौधरी, समन्त आचार्य, आर बी के निर्दोष, आदित्य त्रिपाठी, आकाश श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका छ । वीवी फुयाँल र एल एन गौतमको संयुक्त कथा र निर्देशनमा तयार भएको यो सिनेमा नारी प्रधान रहेको दाबी निर्माणपक्षको छ ।
चलचित्रमा कविराज गहतराज र शिव शर्माको नृत्य निर्देशन, देव महर्जनको द्धन्द निर्देशन छ । टंक वुढाथोकीको संगीत रहेको सिनेमामा हरिनारयण चौधरीले छायांकन गरेका छन् । चलचित्र चैत्र महिनामा प्रदर्शनमा आउने बताइएको छ ।


0 comments:

Post a Comment