Ads 468x60px

Labels

Download

Sports news

पाकिस्तानको चेतावनी

बंगलादेशले पूर्वनिर्धारित भ्रमण सुरक्षाको खतरा जनाउँदै रद्द गरेकोमा पाकिस्तानले आलोचना गर्दै आफ्ना खेलाडीलाई बंगलादेशी लिग खेल्नबाट रोक्न सक्ने चेतावनी दिएको छ। दुई देशबीच यसै महिना लाहोरमा एक ट्वान्टी–२० र एक एकदिवसीय खेल हुने तय भएको थियो। श्रीलंकाले २००९ मा भ्रमण गरेयता कुनै विदेशी टोलीले पाकिस्तानको क्रिकेट भ्रमण गरेका थिएनन्। बंगलादेशको यो भ्रमणले पाकिस्तानको विदेशीलाई निम्त्याउने लामो प्रतीक्षामा पूर्णविराम लाग्ने थियो। तर बंगलादेशले सोमबार भ्रमण रद्द गरेपछि पाकिस्तानको प्रतीक्षा अझै अनिश्चितकाललाई लम्बिएको छ। २००९ मा लाहोरमा हतियारधारीले धेरै खेलाडी घाइते हुनेगरी श्रीलंकाली टिम बसमा आक्रमण गरेपछि भ्रमण बीचमै रद्द गरेर पाहुना टोली फर्केको थियो।पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष जाका असरफले बंगलादेशको निर्णय सही नभएको प्रतिक्रिया दिएका छन्। 'भ्रमणको निर्णय गर्ने अधिकार बंगलादेश क्रिकेट बोर्डमा निहीत छ। हामीले उनीहरूलाई कहिल्यै पनि भ्रमणका लागि बाध्य पारेका थिएनौं, तर सुरक्षा अवस्थाको दोष लगाउनु ठीक होइन। किनकि उनीहरूले भ्रमण तय गर्नुअघि सुरक्षा अधिकारीहरूको सुपरीवेक्षण टोली पठाएका थिए र उनीहरू हाम्रो व्यवस्थाबाट सन्तुष्ट भएका थिए,' असरफले भने।

अन्तर्राष्ट्रिय हात्तीदौड

चितवनको सौराहामा आजबाट अन्तर्राष्ट्रिय हात्तीदौड प्रतियोगिता शुरु भएको छ। प्रतियोगिता अन्तर्गत अहिले सौराहामा विभिन्न झाँकी सहितको शोभायात्राले सौराहा परिक्रमा गरेको थियो।हात्ती बाजागाजा, तथा विभिन्न जातिको साँस्कृतिक झाँकी सहितको र्यारली निकालिएको थियो। र्यारली सकिए लगत्तै बाघमारा वनको चौरमा दौडको औपचारीक कार्यक्रम शुरु हुने क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष शंकर सैंजुले बताए।

एपिएफको लगातार दोस्रोपटक उपाधि

कप्तान पारस खड्काको प्रेरणादायी अर्धसतकमा नेपाल एपिएफ क्लबले पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेको छ। त्रिवि मैदान कीर्तिपुरमा एपिएफले शुक्रबार भैरहवा (क्षेत्र ४) लाई ६ विकेटले पराजित गर्‍यो।
एपिएफले लगातार दोस्रोपटक उपाधि जितेको हो। गत वर्ष टोलीले पहिलो सहभागितामै फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो। पुलिस यसपालि सहभागी भएनन्। प्रतियोगिताभर एपिएफको टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका ११ खेलाडी समावेश थिए।
फजलुर रहमान खानको सानदार १ सय २४ रनमा भैरहवाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाई २ सय २१ रन बनायो। पारसले अविजित ८६ रन बनाएपछि एपिएफले ३४.१ ओभरमा लक्ष्य पूरा गर्‍यो। शरद भेषावकरले भैरहवाका कप्तान अमित श्रेष्ठलाई सिधा छक्का प्रहार गरी विजयी रन बटुले। एपिएफले उपाधिसँग १ लाख ५० हजार रुपैयाँ पुरस्कार पायो। भैरहवाको भागमा १ लाख पर्‍यो।
फजलुर क्षेत्रीय संरचनाको राष्ट्रिय प्रतियोगिता फाइनलमा सतक बनाउने पहिलो खेलाडी बन्दा भैरहवाले चुनौतीपूर्ण स्कोर बनायो। तर फाइनलमा पारसले लगातार तेस्रोपटक अर्धसतक बनाएपछि भैरहवाको दोस्रोपटक उपाधि जित्ने आशा समाप्त भयो। पारसले डेढ वर्षअघि पछिल्लो राष्ट्रिय प्रतियोगिताको फाइनलमा पनि पुलिसविरुद्ध अविजित ९५ रन बनाउँदा एपिएफले २ सय १७ रनको लक्ष्य पछ्याएको थियो, जुन फाइनलमा रन पछ्याउँदाको यसअघिको उच्च स्कोर हो।

 

  मछिन्द्र पहिलो स्थानमा

मछिन्द्र क्लबको सहिद स्मारक ए डिभिजन लिगमा एक सय खेल बिर्सनलायक बनाउने क्रममा आरसिटीले बुधबार शीर्ष टोलीको अपराजित शृंखलामा पूर्णविराम लगाएको छ। दशरथ रंगशालामा जारी सहिद स्मारक ए डिभिजन लिगमा पहिलो पराजय भोग्दा मछिन्द्रले आरसिटीलाई ४-० को नतिजासँगै शीर्ष स्थान पनि सुम्पियो। मछिन्द्रको अपराजित यात्रा टुंग्याएपछि आरसिटी पहिलोपटक अंकतालिकाको पहिलो स्थानमा पुगेको हो। आरसिटी ७ खेलमा ५ जित र २ बराबरीका साथ १७ अंक जोड्न सफल भएको छ। १६ अंकमा सीमित मछिन्द्र दोस्रो स्थानमा झर्दा एक खेल कम खेलेका थ्री स्टार १५ र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब १४ अंकसहित व्रmमशः तेस्रो र चौथो स्थानमा छन्

 

एसीसी महिलाको क्रिकेटका लागि २५ जना खेलाडि बन्द प्रशिक्षणमा 

काठमाण्डौ, पुष २ । एसीसी महिला च्याम्पियनससीप क्रिकेटको अन्तिम टीम छनोटका लागि नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि २५ जना खेलाडी छानेको छ ।रुबिना क्षेत्री, करुणा भण्डारीर्,र् इन्दु बर्मा, नेरी थापा, ममता चौधरी, संगीता गौचन, गीता चु“डाल, रेखा रावल, तृष्णा सिंह, सरिता मगर, सिलु रिजाल, ममता थापा र रोशनी बोहरा छनौट भएका छन् ।
त्यस्तै, रोशनी बोहरा, शोभा आलेनिरा राजोपाध्याय, रश्मि शर्मा चौलागाईं, सोनु खड्का, सीता रानामगर, मधु थापा, आरती विडारी, अंजली चन्द, कविता गौतम, मनिषा रावल, जानकी भट्ट र सरस्वती चौधरी पनि बन्द प्रशिक्षणका लागि छानिएका छन् । जनवरी २१ देखि ३१ सम्म थाइल्याण्डमा हुने प्रतियोगिताका लागि मंगलवारदेखि काठमाण्डौमा बन्द प्रशिक्षण हुने क्यानले जनाएको छ ।

एपीएफ र क्षेत्र नम्बर ७ जनकपुर सेमिफाइनल प्रवेश


काठमाडौं, पुष १– सशस्त्र प्रहरीको एपीएफ क्लव र क्षेत्र नम्बर ७ जनकपुर राष्ट्रिय क्रिकेटको सेमिफाइनल प्रवेश गरेका छन् ।

समुह चरणको आफ्नो अन्तिम खेलमा क्षेत्र नम्बर ८ पोखरालाई १ सय ५४ रनले हराउदै एपीएफ अन्तिम ४ मा पुगेको हो भने खेलेका ३ मध्ये ३ खेलमै जित हात पार्दै जनकपुर १ खेल बाकी छँदै सेमिफाइनल पुग्यो । त्रिवि मैदान कीर्तिपुरमा २ सय ९ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित ओभरमा १ सय ३४ रन मात्रै बनाउन सक्यो ।

पोखराका रिजन प्रजुले ३७ रनको योगदान गरे । पहिले ब्याटिङ्ग गरेको एपीएफका ज्ञानेन्द्र मल्लले नटआउट १ सय ९, सञ्जय श्रेष्ठले ८३ र शरद भेषवाकरले ५१ रन बनाए । पुल्चोकमा भएको खेलमा जनकपुरले क्षेत्र नम्बर २ वीरगञ्जलाई ८० रनले हरायो । २ सय ८ रनको लक्ष्य पछ्याएको वीरगञ्जले ४० दशमलव २ ओभरमा २ सय ७ रन मात्रै बनायो ।

वीरगञ्जका लागि अमित श्रेष्ठले १ सय १ रन बनाएपनि टीमलाई जिताउन सकेनन् । नेपालगञ्जका अनिल मण्डलले ४ विकेट लिए । पहिले ब्याटिङ्ग गरेको जनकपुरका लागि हरिसंकर शाह ९४ र राज मोहम्मदले ६४ रनको योगदान गरे ।


Real Madrid shared points with Espanyol


Binod/16 December 2012- Real Madrid drew with the Espanyol. Espanyol striker Sergio García (31) opened the first leading goal to Espanyol but Real Madrid striker Cristiano Ronaldo (45+1) returned the equalized goal during the first half. Real Madrid maintained 70% possession during the first half, however; could not utilize to add the goal. In the second half, another goal had added by Fábio Coentrão (48). But, J. Albin (88) equalised again. During the first half and second half time, Real Madrid had many opportunities to add the goal but not successful.  Real Madrid is currently in third place behind Atletico and Barcelona and was need to pick up three points at home against lowly Espanyol. From this draw, Read Madrid compelled to share points with Espanyol and could not take the advantages of home ground and is behind from Barcelona by 13 points. Due to 13 points behind, defending Champion Real Madrid has focused on Championship league rather than BBVA La Liga.
 

Chelsea Lose the club world cup

Binod/16 December 2012- Chelsea new manager Rafael Benitez is also failed to win his first trophy as Chelsea manager as his team lost against Brazilian side Corinthians in the Club World Cup final in Japan today. During the first half time, both clubs try to add the goal, however; are unable to open the score on the score board. In the second half of the 69 minutes Paolo Guerrero scored the only a goal which is enough to win the Club World Cup. Torres had the ball in the net in injury time when he headed in but his effort was ruled out for offside as Corinthians held on to win the trophy.The Blues become the first team since 2006 to fail to win the Club World Cup after winning the Champions League.

Corinthians celebrate winning the Club World Cup

 Preview: Real Madrid vs. Espanyol

Cristiano Ronaldo Real Valladolid CF v Real Madrid CF - La Liga

Real Madrid can keep up the pressure on Atletico Madrid in La Liga with a victory over Espanyol this
Sunday.

The Spanish champions' rivals sit five points above them in second place, largely thanks to the prolific goalscoring form of striker Radamel Falcao, and Madrid reside 11 points adrift of table-toppers Barcelona.

Jose Mourinho's men head into the clash on the back of a Copa del Rey defeat to Celta Vigo and the Spanish giants will be hoping to avoid a similar fate when they host Espanyol at the Bernabeu.

Meanwhile, Madrid's weekend opponents currently sit in the relegation zone of the table and heading to the home of the league champions is a daunting prospect as Espanyol try to climb out of the bottom three.

Xabi Alonso and Mesut Ozil could line the midfield for the home side this weekend, while Stuani is likely to be relied on for goals for Espanyol.

  म्यानचेष्टर युनाइटेडको ६ अंकको अग्रता कायमै

१ पुस, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेष्टर युनाइटेडले ६ अंकको अग्रता कायमै राखेको छ ।
शनिबार राति भएको खेलमा सण्डरल्याण्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै युनाइटेडले दोस्रो स्थानमा रहेको डिफेण्डिङ च्याम्पियन म्यान्चेष्टर सिटीसँग ६ अंकको दुरी कायमै राखेको हो । घरेलु मैदान बल्र्ड ट्राफडमा भएको खेलमा युनाइटेडले १६ औं मिनेटमा रोविन भानपर्सीको गोलबाट अग्रता लियो ।
त्यसको ३ मिनेटपछि नै क्लेभर्लीले गोल गर्दै अग्रता दोब्बर पारे भने ५९ औं मिनेटमा वायन रुनीले गोल गर्दै ३–० को अग्रता दिलाए । खेलको ७२ औं मिनेटमा क्याम्पवबेलले सान्त्वना गोल फर्काएपनि सण्डरल्याण्डले हार टार्न सकेनन् ।
अर्को खेलमा डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले न्यूक्यासललाई ३–१ ले पराजित गरेको छ । जितपछि युनाइटेडको १७ खेलबाट ४२ अंक छ भने दोस्रो स्थानमा रहेको सिटीको ३६ अंक छ । अन्य खेलमा लिभरपुल स्टनभिल्लासँग ३–१ ले पराजित हुँदा स्टक र इभर्टनले १–१ को बराबरी खेलेका छन् । onlinekhabar


कीर्तिमानको ओइरो

काठमाडौ, मंसिर २६ - एघार वर्षे बालक छँदै शरीर वृद्धि हुने हर्मोनको कमी हुन्छ र उपचार गराउन सक्ने परिवारको हैसियत छैन भने उसको स्थिति के होला ? स्वाभाविक रूपमा उसप्रति सहानुभूति जनाउँदै धेरैले भन्छन्- 'विचरा' । त्यही 'विचरा' शब्दले पुकारिँदै हुर्केका अर्जेन्टिनी फुटबलर लियोनल मेसीले दनादन गोल गर्दै 'आँट गरे के मात्र हुन सक्दैन ?' भन्ने पुष्टि गरिदिएका छन्, कीर्तिमानको ओइरो लगाएर । मेसीले स्पेनी क्लब बार्सिलोनाबाट ला लिगामा बेटिसविरुद्ध दुई गोल गर्दै एकै वर्ष सर्वाधिक ८६ गोलको कीर्तिमान आइतबार बनाए । उनले जर्मनीका महान् फुटबलर गर्ड मुलरले ४० वर्षअघि बनाएको ८५ गोलको कीर्तिमान उछिनेका हुन् । 

मेसीलाई यो पुस्ताकै सर्वोत्कृष्ट फुटबलर मानिन्छ । फिफा बेलुन डे'ओर वर्षको उत्कृष्ट खेलाडीमा ह्याटि्रक जितले पनि उनी उत्कृष्ट भएको पुस्ट्याइँ गरिसकेको छ । उनी अहिले चौथोपल्ट वर्ष खेलाडी चुनिने संघारमा छन् । अर्को महिना घोषणा हुने अवार्डमा उनले बार्सिलोनाका स्पेनी सहकर्मी आन्द्रेस इनिस्टा र रियल म्याडि्रडबाट खेल्ने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग प्रतिस्पर्धा गर्दैछन् ।
Source- kantipur