Ads 468x60px

Labels

Download

Gajal

किन चुक्यो भाग्यरेखा हातलाई सोधिन कि
भोग्न बाँकी पीडाका खातलाई सोधिन कि
 
दिनले भन्दा यति साह्रो रातले किन पोल्छ ?
आउने–जाने हरेक रातलाई सोधिन कि

फुल्न पा'कै थिएन 'झरिस्' भन्थे सबै
कस्तो हुन्छ झर्दाखेरि पातलाई सोधिन कि

फुल किन रुन्छ ? जून किन रुन्छ ?
साँझलाई सोधिन कि प्रभातलाई सोधिन कि

कतै छैन शान्ति, सञ्चो छैन मनलाई
किनदुख्छ जिन्दगानी घातलाई सोधिन कि

0 comments:

Post a Comment