Ads 468x60px

Labels

Download

News

महिला अधिकारकर्मीले प्रधानमन्त्रीलाई हत्कडी उपहार पठाए

 

देशका विभिन्न स्थानमा महिलामाथिको हिंसाका अभियुक्तलाई पक्राउ गर्न नसकी सरकार मूकदर्शक भइरहेको भन्दै पक्राउ गर्न महिला अधिकारकर्मीले प्रजिअमार्फत प्रधानमन्त्रीलाई साङ्केतिक रुपमा हत्कडी उपहार पठाएका छन्। जिल्ला प्रशासन कार्यलयको काम ठप्प हुने गरी जागरण केन्द्रका कावा अध्यक्ष मुना सिंखडालगायत धर्नामा बसेका महिलाले प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको कार्यकक्षमा गई हत्कडी बुझाएका थिए।प्रधानमन्त्रीलाई सम्बोधन गरिएको हत्कडीसहितको ज्ञापनपत्रमा 'राज्यसँग हथकडी नभएर हो भने धादिङका महिला अधिकारकर्मीले हथकडी पठाएका छौँ, महिला हिंसामा संलग्न अपराधीलाई पक्राउ गरी कारबाही गरियोस्' भन्ने बेहोरा उल्लेख छ।धादिङका महिला अधिकारकर्मीद्वारा हिजो साँझ न्यायको खोजी गर्दै प्रदर्शन गरिएको मैनबत्ती जुलुसमा मानवअधिकारकर्मी, सञ्चारकर्मीलगायत नागरिक समाजका अगुवाको सहभागिता थियो। रासस

क्यासिनो सञ्चालक पक्राउ

पोखराको पाँचतारे होटल फूलबारी रिसोर्टमा चार वर्षअघि क्यासिनो सञ्चालन गर्दा करोडौं रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका फिस्टेल गेमिङ प्रालिका आलोक रौनियार र दीपबहादुर बस्नेतलाई ७ दिन थुनामा राख्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ। सोमबार राजधानीमा पक्राउ गरी पोखरा ल्याइएका उनीहरुलाई कास्की प्रहरीले अनुसन्धानका लागि म्याद माग्दै आज अदालतसमक्ष पेश गरेको थियो।अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरीका प्रवक्ता रवीन्द्र पौडेलले जानकारी दिए। उनले म्याद थपसँगै उनीहरुमाथिको अनुसन्धान सुरु गरिएको बताए। प्रहरीले पक्राउ अभियुक्तलाई अनुसन्धानका लागि पटक-पटक गरी २५ दिनसम्म म्याद थप गराएर आफ्नो हिरासतमा राख्न पाउँछ। उक्त ठगीमा संलग्न भनी उजुरी परेका थप दुईजनाको पनि खोजी भइरहेको पौडेलले बताए।

अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईले नेपालको कम्युनिष्ट आन्दोलनलाई पैसासँग साटे


नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईले नेपालको कम्युनिष्ट आन्दोलनलाई पैसासँग साटेको आरोप लगाएका छन्।

गाईघाटमा शनिबारदेखि सुरु प्रथम किरात राज्य अधिवेशनको उद्‍घाटन गर्दै गजुरेलले १० वर्षे जनयुद्ध र त्यसैको जगमा उभिएर भएको ऐतिहासिक जनआन्दोलन ०६२/६३ का सबै उपलब्धिलाई प्रचण्ड र बाबुरामले बिक्री गरेको आरोप लगाए।
'१४ हजार जनता सहिद हुनेगरी भएको १० वर्षे जनयुद्ध र ऐतिहासिक जनआन्दोलन ०६२/६३ को उपलब्धि' उनको आरोप थियो 'हजारौं घाइते, अपाङ्ग र टुहुरा भएर प्राप्त उपलब्धिलाई उनीहरु (प्रचण्ड र बाबुराम)ले पैसामा बिक्री गरे।' उनीहरुले नेपाली जनतासँग गद्धारी गरेको आरोप पनि गजुरेलले लगाए।
एमाओवादीमा अहिले 'क्यास' र 'झ्यास' गरी दुईखालका नेताहरु भएको उनको भनाई थियो। 'प्रचण्ड र बाबुराम क्यास माओवादी हुन्,' उनले भने, 'नारायणकाजीलगायत अरु नेताहरु पार्टीभित्रै झ्यास माआवादीमा दरिएका छन्।' क्यास माओवादीले अरु नेतालाई झ्याससमान गन्ने गरेको बताउँदै उनले अव एमाओवादीसँग नेकपा-माओवादीले ड्यास दिएर संघर्ष चलाउने बताए।
अहिले नेपालको राष्ट्रिय स्वाधीनता तीनथरीले खतरामा रहेको उनले बताए। एउटाः फिजीकरण, दोस्रो भुटानीकरण र तेस्रो सिक्कीमीकरणको खतरामा पुगेको र यसको दोषी एमाओवादी र त्यसका अध्यक्ष प्रचण्ड तथा प्रधानमन्त्री भट्टराई रहेको उनको कथन थियो। 'फिजीमा भारतीयहरुको बहुमत संख्याले नागरिक्ता लिएर स्थानीयलाई हराएर विदेशी नागरिक महेन्द्र चौधरीले चुनाव जिते,' तीनैखाले खतराको ब्याख्या गर्दै उनले भने, 'भुटानको सबै शासनसत्ता दिल्लीनियन्त्रित छ भने सिक्कीमलाई खप्लक्कै खाएर भारतले प्रान्तै बनायो। नेपालमा यी तीनवटै खतरा छ।'
सरकार र ठूला दलहरु अर्को चुनावको कुरा गरिरहेको प्रशंग निकाल्दै गजुरेलले त्यसले पनि जनसंविधान बनाउन नसक्ने ठोकुवा गरे। अर्बौं खर्च गरेर चुनाव गर्नुभन्दा गोलमेच सम्मेलनको माध्यामबाट राष्ट्रिय सहमति कायम गरी संविधान घोषणा गर्नु आर्थिक र राजनीतिकरुपमा फाईदा हुने उनको सुझाव थियो। गोलमेच सम्मेलनबाट संविधान बन्ने सम्भावना देखेपछि उत्तम बाटो भएपनि नेकपा-माओवादीको एजेन्डा भएका कारण ठूला राजनीतिक दलहरुले अस्वीकार गरेको उनको आरोप थियो।

 

सहमति प्रधानमन्त्रीमार्फत् राष्ट्रपतिमा सिफारिस गरिने, नमाने बाइकट 

राष्ट्रिय सरकार गठनसहित राजनीतिक निकासका लागि दलहरुबीच हुने सहमति कार्यान्वयन गर्न अस्वीकार गरे प्रमुख दलहरुले प्रधानमन्त्रीलाई सहमति प्रक्रियाबाटै 'बाइकट' गर्ने भएका छन्।
पार्टी निर्णय र सहमति प्रक्रिया नाघेर राजीनामा नदिने अडान राख्दै आएका प्रधानमन्त्रीले सहमति कार्यान्वयन नगरे सिधै राष्ट्रपतिसमक्ष कार्यान्वयनका लागि सिफारिस गर्ने दलहरुको तयारी छ।
बुधबार माओवादी, कांग्रेस र एमालेका नेताहरुबीच पटकपटक भएका अनौपचारिक छलफलमा दलहरुबीच हुने सहमतिमा प्रधानमन्त्री बाधक बने उनलाई बाइकट गरेर अघि बढ्ने अनौपचारिक सहमति भएको हो।
'निकासका लागि पहिलो विकल्प दलहरुबीच हुने सहमति प्रधानमन्त्रीमार्फत राष्ट्रपतिलाई सिफारिस गर्ने हो,' दलहरुबीचको छलफलमा सहभागी कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले नागरिकसँग भने, 'सहमति प्रधानमन्त्रीले नमाने दोस्रो विकल्प सिधै दलहरुले राष्ट्रपतिलाई कार्यान्वयनका लागि सिफारिस गर्ने हो।'
प्रमुख दलका शीर्ष नेताहरु बुधबार साँझ दलहरुबीच भएका छलफलका विषयमा जानकारी गराउन राष्ट्रपति कार्यालय पुगेका थिए। नेताहरुले पाँचौंपटक थप समयसीमा (शनिबार) भित्र सहमति हुने विषयमा सकारात्मक प्रगति भएको जानकारी राष्ट्रपतिलाई गराएका थिए।
दलहरुबीच वैशाख वा मध्यजेठमा संविधानसभाको नयाँ चुनाव गर्ने, निर्वाचनका लागि आवश्यक ऐन/कानुन संविधानको धारा १५८ मार्फत संविधान संशोधन गरेर फुकाउनेलगायत विषयमा अनौपचारिक सहमति भइसकेको छ। तर प्रधानमन्त्री भट्टराईले आफ्नै नेतृत्वमा छोटो समयका लागि भए पनि कांग्रेस-एमाले सहभागी हुनुपर्ने, अन्यथा सरकार नछाड्ने अडान राखेपछि दलहरु यस्तो निर्णय लिन बाध्य भएका हुन्।

'मंसिर ७ मा चुनाव हुन नसकेपछि भट्टराईले नैतिकताका आधारमा पनि राजीनामा गर्नुपर्ने हो,' सिटौलाले भने, 'अब पनि प्रधानन्त्री भइरहने दाबी गर्नु अनन्तकालसम्म सत्ता छाड्न नखोज्नु हो।'
कांग्रेस-एमालेका नेताहरुले भने प्रधानमन्त्री पनि सहमत भइसकेको प्याकेज सहमतिमा एक्कासि सञ्चारमाध्यममार्फत अस्वीकार गर्नुले आफूहरु आश्चर्यचकित भएको जनाएका छन्। 'दुई दिनसम्म बाबुरामजी पनि प्याकेज सहमतिमा सहमत हुनुहुन्थ्यो,' सिटौलाले भने, 'एक्कासि अर्को दिन 'यु टर्न' भएको उहाँको अभिव्यक्ति सञ्चारमाध्यममा आएको देखेर हामी दुःखी र आश्चर्यचकित भएका छौं।'
नेताहरुले राजनीतिक दलहरु, प्रधानमन्त्री र राष्ट्रपति तीनै निकायलाई सहमतिको हिस्सेदार बनाउने गरी कार्यान्वयन गर्ने सहमति गरेका थिए। 'सहमतिको प्रधानमन्त्रीले भूमिका लिनुस् भनेर कार्यान्वयन उहाँमार्फत नै गर्ने सहमति भएको हो,' उनले भने, 'हामीलाई अझै विश्वास छ, प्रधानमन्त्रीले दलहरुबीच हुने सहमति राष्ट्रपतिलाई सिफारिस गरेर वैशाखमा चुनाव गराउने गरी राष्ट्रिय सहमति निर्माण गर्न भूमिका खेल्नुहुन्छ।'
यसअघि भएको तीन दलको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नै आफूले प्रधानमन्त्रीलाई मनाउन नसकेको भन्दै कांग्रेस-एमालेका नेताहरुलाई नै आग्रह गर्न अनुरोध गरेका थिए। 'दलहरुबीच हुने सहमतिविपरीतको बाटोमा प्रधानमन्त्री जानुभयो भने हामीले भन्नु केही छैन,' १२ बुँदे सहमतिदेखि वार्तामा संलग्न हुँदै आएका कांग्रेस महामन्त्री सिटौलाले भने, 'देशको अवस्थालाई बुझेर शीर्ष नेताहरुले समाधान गर्नुपर्छ, सहमति हुन्छ, कांग्रेस नेतृत्वमा सरकार बन्छ।'
दलहरुबीच यसअघि संविधानसभाले गरेका संविधान निर्माणका कामहरुलाई अर्को संविधानसभाले स्वीकार गर्ने सहमति भइसकेको छ। अघिल्लो संविधानसभाले गरेका सहमति र निर्णय स्वीकार गरी विवादमा आएका विषयमात्र नयाँ संविधानसभामा छलफल गरी संविधान निर्माण गर्ने विषयमा प्रमुख तीन दलका शीर्ष नेता सहमत छन्।
तीन दलबीच निर्वाचन क्षेत्र अहिलेअनुसारै २ सय ४० कायम गर्ने सहमति छ। समानुपातिक सभासद संख्याबारे भने दलहरुबीच अझै सहमति हुन सकेको छैन। माओवादीले २ सय ४० नै समानुपातिक संख्या राख्नुपर्ने प्रस्ताव गरेको छ भने कांग्रेसले १ सय २० भन्दा बढाउन नहुने धारणा राख्दै आएको छ। सहमति हुने अवस्थामा दुवै पक्ष गल्न तयार देखिन्छन्।
दलहरुबीच निर्वाचन आयोगका पदाधिकारी नियुक्त गर्ने तर अन्तरिम संविधानमा व्यवस्था भएअनुसार उनीहरुको संसदीय सुनवाइ गर्नुपर्ने प्रावधान कसरी सम्बोधन गर्ने भन्नेबारे कानुनविदहरुसँग छलफल गरेर टुंगोमा पुग्ने पनि सहमति भएको छ। 'निर्वाचन गराउन न्यूनतम सहमति के के गर्नुपर्ने हो, त्यसमा मात्र सहमति गर्ने हो,' सिटौलाले भने, 'ती विषयहरुमा दलहरु लगभग सहमतिमा पुगिसकेका छन्।'

राष्ट्रपतिद्वारा सहमति गर्न प्रधानमन्त्रीलाई आग्रह 

 

राष्ट्रपति रामवरण यादवले वैशाखमा चुनाव गर्नेगरी सहमति कायम गराउन प्रधानमन्त्री बाबुराम भट्टराईलाई आग्रह गरेका छन्।
बुधबार राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका भट्टराईलाई यादवले पटकपटक सहमति कायम गरेर अघि बढ्छु भन्नुभएको विषय सम्झाउँदै सहमतिका लागि अघि बढ्न आग्रह गरेका हुन्। 'वैशाखमा चुनाव हुने गरी सहमति कायम गर्न राष्ट्रपतिले प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ,' राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले नागरिकसँग भने, 'सहमति कायम गर्नेतर्फ पहलकदमी नभएकाले विशेष पहल गर्न आग्रह गर्नुभएको छ।'
राष्ट्रपतिले प्रधानमन्त्रीले पटकपटक दलहरुको सहमतिमा निर्णय गर्छु भन्दै आएको तर पछिल्ला समय कुनै विषयमा सहमति हुन नसकेको विषयमा जिज्ञासा राखेका थिए। उनले सहमति नै नगरी वैशाखमा चुनाव गर्ने निर्णय सरकारले गरेको लगायत विषयमा चासो राख्दै प्रधानमन्त्रीलाई सहमतिअनुसार अघि बढ्न अनुरोध गरेका थिए।
प्रधानमन्त्रीले भने आफू सहमतिको बाधक नभएको जानकारी राष्ट्रपतिलाई गराएका थिए। 'राष्ट्रपतिज्यूलाई पछिल्लो घटनाक्रमबारे अवगत गराएको छु,' भेटपछि प्रधानमन्त्रीले संवाददातासँग भने, 'म बाधक हो भन्ने कुरा सत्य होइन, त्यसबारे पनि प्रस्ट्याएँ।'

 

 

एमाओवादीका केही नेता पार्टी छोड्ने तयारीमा

एकीकृत नेकपा माओवादीमा राजनीतिक विचलन आएको भन्दै पोलिटव्युरो तथा केन्द्रीय कमिटीका प्रभावशाली सदस्यहरु पार्टी परित्याग गर्ने अन्तिम तयारीमा लागेको बुझिएको छ । नेकपा एमाले आफ्ना पुराना नेताहरुलाई पुनः घर फर्काउने अभियानमा लागेको र मोहन बैद्य नेतृत्वको नेकपा(माओवादीले एमाओवादीका अधिकांश असन्तुष्ट नेतालाई आफ्नो पार्टीमा भित्र्याउने अभियान चलाएको बेला केही एमाओवादी नेताले पार्टी छोड्न लागेको खबर गोरखापत्र दैनिकले छापेको छ । एकीकृत नेकपा माओवादीमा गएका करिब १२र१५ पूर्वएमाले नेताहरु घर र्फकने अन्तिम तयारीमा छन् ।एमाओवादीको केन्द्रीय कमिटीदेखि पूर्वसभासद्हरुको एक जमात एमालेमा तथा अर्को जमात नेकपा(माओवादीमाजानेतयारीमा रहेको स्रोतले बताएको छ । पूर्व एमाले नेताहरु मूल घर एमालेमा नै र्फकने र एमाओवादीबाट असन्तुष्ट नेताहरु मोहन बैद्य नेतृत्वको पार्टीमा लाग्ने अन्तिम चरणमा छन् ।

ज्यान बचाइदिन पूर्व युवराज पारसको अपील




काठमाण्डौ, पुष ३ । थाइल्याण्डको राजधानी बैंककमा व्यक्तिगत जीवन बिताउँदै आएका पूर्वयुवराज पारस शाहले त्यहाँस्थित नेपाली दूतावासमार्फत आफ्नो जिउधनको सुरक्षाका लागि अपिल गरेका छन् । आफुमाथि विभिन्न बाहनाबाजीमा अनेक प्रकृतिका लान्छनालगायतका मानसिक यातनासहित आर्थिक शोषणा तथा ज्यानमार्नेसम्मको हर्कत भएको भन्दै जिउधनको सुरक्षाका लागि दूतावासको शरणमा पुगेका हुन् ।
पूर्व युवराज पारसले दूतावासमा दिएको निवेदनमा व्यक्तिगत बसाइको क्रममा केही समय अगाडीदेखि आफूमाथि विभिन्न बहानामा अनेक प्रकृतिका लान्छना तथा मानसिक यातनासहित आर्थिक शोषणदेखि ज्यानमार्नेसम्मको धम्की आएको भन्दै सुरक्षाका लागि पहल गरिदिन आग्रह गरेका नेपाल समाचारपत्र दैनिकमा खबर छ । । पारसले दिएको निवेदनमा भारतीय मुलका जस्ता देखिने व्यक्तिहरुबाट समेत असुरक्षित हुँदै आएको महशुस गरेकाले ती व्यक्तिहरुको पहिचानका लागि थाई प्रहरी र बैंककस्थित भारतीय दूतावाससँग पहल गरी जिउधनको सुरक्षाका लागि पहल गर्न आग्रह गरेका छन् ।

0 comments:

Post a Comment